काठमाण्डौ । नेपाली सेनामा ५० जना डाक्टरसहित विभिन्न प्राविधिक पदमा १९४ जनाका लागि नयाँ भर्ना खुलेको छ।
नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न प्राविधिक सेवातर्फका २९ अधिकृत पदका लागि नयाँ भर्ना खुलेको हो। सबैभन्दा धेरै एमबीबीएस डाक्टर (उपसेनानी) ५० जना माग गरिएको छ। लेखा (उपसेनानी) ४० जनाका लागि दर्खास्त खुलाइएको छ।
यसैगरी सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जना, सिभिल इन्जिनियर (उपसेनानी)लगायत विभिन्न पदमा नयाँ भर्ना खुलाइएको छ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी थप एक सातासम्म दरखास्त पेस गर्न सकिनेछ।
दरखास्त नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को recruitment and Selection बाट अनलाइन दरखास्त फराम भरी सोको प्रिन्ट आउटसहित स्वयं उपस्थित भई रु. १० को टिकट टाँसी पेस गर्न सकिनेछ।
थपका जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिन्छ।
9 minutes ago
18 minutes ago
35 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago