काठमाण्डौ । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ।
नेपाली सेनाले खुला तथा समावेश प्रतिस्पर्धाबाट सैन्य पदमा दरखास्त आह्वान गरेको हो। सैन्य पदका लागि कुल ४ हजारजनालाई दरखास्त खुलाइएको छ।
कुल संख्यामध्ये सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त तथा मृत्यु भएका नेपाली सेनाका सन्ततितर्फ २०० जना, खुलातर्फ २ हजार ८८ जना, महिलातर्फ ३५० जना, समावेशअन्तर्गत आदिवासी जनजातितर्फ ५५० जना, मधेसीतर्फ ४८० जना, दलिततर्फ २५२ जना र पिछडिएको क्षेत्रतर्फ ८० जनाका लागि दरखास्त खुलाइएको छ।
इच्छुक उम्मेदवारले आउँदो असोज २३ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी असोज ३० गतेसम्म दरखास्त दिन पाइनेछ।
दरखास्त फारम सम्बन्धित भर्ना केन्द्रहरुबाट नै प्राप्त गर्न र बुझाउन सकिने नेपाली सेनाले जनाएको छ। यसका लागि नेपाली सेनाले देशभरका २८ स्थानमा रहेका बाहिनी, गण र गुल्मलाई भर्ना केन्द्र निर्धारण गरेको छ।
13 minutes ago
33 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago