काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ।

प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ। यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरुले पावर–प्याक गरिएको छ।

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरुमा रु. २ लाख ६६ हजारको आकर्षक मूल्यमा उपलब्ध हुनेछ।  

नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ। आफ्ना ग्राहकलाई अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधा र शैली प्रदान गर्दै आएको छ। 

हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजीएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरी नेपालमा प्रवेश गरेको थियो। यसले नेपालमा ८२ डिलरसिप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेटसहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

हिरोका उत्पादनहरुमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रिम १६०आर, एक्सट्रिम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन्।