काठमाण्डौ । नेपाली सेनाले सहायक सेनानी पदमा २२९ जनाका लागि दरखास्त आह्वान गरेको छ। सहायक सेनानी माग गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले आज एक सूचना प्रकाशित गरी अधिकृत (सहायक सेनानी) पदमा दरखास्त खुला गरेको हो। नेपाली सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो।
यो पदमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। काठमाण्डौस्थित स्वयम्भू बारुदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट दरखास्त पेस गर्न सकिनेछ।
नेपाली सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी दरखास्त दिन सकिने व्यवस्था पनि गरिएको छ।
दरखास्त असोज २९ गतेसम्म पेस गर्न सकिनेछ। दोब्बर दस्तुर तिरी कात्तिक ५ गतेसम्म दरखास्त दिन सकिनेछ।
8 minutes ago
18 minutes ago
29 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago