काठमाण्डौ । वल्र्ड अफ स्ट्याटिस्टिकले सन् २०२२ का लागि विश्वका कमजोर पासपोर्टबाहक मुलुकहरुको सूची सार्वजनिक गरेको छ । 

कमजोर पासपोर्ट बाहक मुलुकहरुको सूचीमा नेपाल सातौं स्थानमा परेको छ । 

विश्वमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ । 

त्यसपछि क्रमशः इराक, सिरिया, पाकिस्तान, यमन र सोमालियाको रहेको छ । 

सातौं स्थानमा नेपाल र प्यालेस्टाइन रहेका छन् । 

त्यसपछिको सूचीमा क्रमशः नर्थ कोरिया र लिबिया रहेका छन् ।