काठमाण्डौ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाले आज एक सूचना प्रकाशित गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। नेपाली सेनाले विभिन्न स्थानका लागि बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा ४२४ जना भर्ना दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाले मध्यपूर्वी पृतना इटहरीका लागि ५४ जना र महोत्तरीका लागि ५२ जनाका लागि दरखास्त खुलाएको छ।
यसैगरी हेटौँडाका लागि ५२ जना, पोखराका लागि ५४ जना, बुटवलका लागि ५४ जना, सुर्खेतका लागि ५४ जना, कैलालीका लागि ५३ जना र उपत्यकामा नारायणहिटीका लागि ५३ जना भर्ना गर्न लागेको छ।
यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने छन्।
इच्छुक आवेदकले आउँदो चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन पाइनेछ। दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइनेछ।
उमेर भने १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago