काठमाण्डौ । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगिताबाट पुजारीदेखि एमबीबीएस डा.सम्म पदपूर्ति गर्न सेनाले दरखास्त खुलाएको छ।
इच्छुक उम्मेदवारले आज चैत २४ गतेदेखि वैशाख २३ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी वैशाख ३० गतेसम्म दरखास्त दिन सकिनेछ। नयाँ भर्नासम्बन्धी सूचना तथा दरखास्त नेपाली सेनाको आधिकारिक वेबसाइटबाट हेर्न र भर्न सकिनेछ।
दरखास्त फारम भरी नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्नेछ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago