काठमाण्डौ । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाले सैन्य पदमा एकैपटक ४ हजार ५०० जना नयाँ भर्ना गर्न लागेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा विभिन्न २८ भर्ना केन्द्रमार्फत सैन्य पदमा भर्ना खुलाइएको छ।
नेपाली सेनाले सैन्य पद नयाँ भर्नाका लागि कुल संख्यामधये २२५ कोटा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागी सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिका लागि छुट्याएको छ।
यसैगरी खुलातर्फ २ हजार ३५१, महिलातर्फ ३९०, आदिवासी जनजातितर्फ ६१६, मधेसीतर्फ ५४०, दलिततर्फ २८७ र पिछडिएको क्षेत्रतर्फ ९० कोटा छुट्याएको छ।
सैन्य पदमा दरखास्त दिन कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा ९ र १० उत्तीर्णले पनि कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्र पेस गर्नुपर्नेछ। न्यूनतम २ जीपीए अनिवार्य हुनुपर्नेछ। कुनै पनि विषयमा डी प्लस भन्दा कम हुन हुने छैन।
दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ। नेपाली सेनाको बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त पेस गर्ने अन्तिम मिति जेठ ७ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी जेठ १४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago