काठमाण्डौ । चौधरी ग्रुपका निर्देशक एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीले आफ्नो उद्देश्य भनेको नेपाली चलचित्र क्षेत्रको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्यायौँ भन्ने रहेको बताएका छन्।
काठमाण्डौस्थित आर्मी अफिसर्स क्लबमा गत शुक्रवार आयोजित एलजी सिने सर्कल अवार्ड समारोहमा प्रबन्ध निर्देशक चौधरीले यस्तो बताएका हुन्। उनले जीवनमा सिक्ने तरिकाहरु धेरै भएको र चलचित्र देखेर सिक्ने कलाभित्र पर्ने बताए।
मानिसको जीवनमा मनोरञ्जन मात्र नभएर जीवनको ज्ञानसमेत दिने भएकोले चलचित्र मनोरञ्जनको क्षेत्रमात्र नभएर ज्ञानको खुला किताब पनि भएको चौधरीको तर्क थियो। बोल्दा–बोल्दै रमाइलो तरिकामा हिन्दी डायलग याद गर्दै उनले भने ‘कभी कभी जित्नेके लिए कुछ हार्न भी पड्ता है, और हारकर जित्ने वालेको बाजिगर कहेते है।’
हजारौँ चलचित्रकर्मी काम गर्ने चलचित्र क्षेत्रमा एकजनाले अवार्ड पाउँदा धेरैले नपाउने कुरा सत्य रहेका भन्दै चौधरीले आफूले अवार्ड पाउने गरी कार्य गर्दै सफल बन्न अनुरोधसमेत गरे।
सामान्य प्राविधिकदेखि हाई प्रोफाइल व्यक्तिहरुसँग फोटो खिच्ने गफगाफ गर्ने कार्य सामान्य व्यक्तिसरह गरेका चौधरीले सफल हुनु र असफल हुनुले धेरै फरक नपर्ने बताए। आफ्नो जीवनमा घटेका घटना तथा अनुभव सुनाउँदै उनले भने, ‘असफलताहरुबाट नै पाठ सिकेर अगाडि बढ्न सकिन्छ। ‘लुजिङ इज नट ह्वेन यु फल डाउन, इट्स ह्वेन यु रिफ्युज टु गेट अप अर्थात् असफल हुनु भनेको हार्नु होइन यो त फेरि उठेर जित्ने मौका हो’, उनले भने, ‘सफलता भनेको तपाइँले के गर्नुहुन्छ भन्नेमात्र होइन अरुलाई सफल बनाउन कति प्रेरित गर्नुहुन्छ भन्ने पनि हो।’
उद्योगपति विनोद चौधरीका कान्छा छोरा बरुण चौधरी विगत ७ वर्षदेखि एलजी सिने सर्कल अवार्डका संरक्षक रहेर चलिचत्र अवार्डमा सक्रिय रहेका छन्।
कोभिडले रोकिएको विगत ३ वर्षको अवार्ड प्रदान गरिएको यस कार्यक्रम उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा मा. रञ्जु झा, अनुराधा कोइराला, वसुन्धरा भुसाल, चैत्यदेवी, नायक प्रदीप खड्का, पल शाहलगायत चर्चित नायक तथा नायिका, चलचित्र निर्देशक, विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्ति, उद्योगी, व्यवसायीलगायतको उपस्थिति थियो।
कार्यक्रममा बरुण चौधरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड मेकपम्यान सन्तु तामाङ तथा भान्से जेठादाइलाई प्रदान गरेका थिए। यस वर्षको उत्कृष्ट नायक हरिवंश आचार्यलाई तथा उत्कृष्ट नायिका केकी अधिकारी तथा उत्कृष्ट अभिनयका लागि नायक प्रदीप खड्का तथा नायिका दिया मास्केलाई क्रिटिक्स अवार्ड चौधरीको हातबाट प्रदान गरिएको थियो।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago