काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवाको बिषयमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरे ।
यो सम्झौता पश्चात बैंकले आफूना खातावाला ग्राहकहरुलाई निशुल्क रुपमा रु. १० लाख बराबरको दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंदै आफना ग्राहकलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससँग बीमा सेवाका लागि सम्झौता गरिएको जानकारी दिए ।
त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।
6 minutes ago
26 minutes ago
28 minutes ago
34 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago