काठमाण्डौ । नेपाल बैंक ८७औं वर्षमा प्रवेश गरेको छ ।
उक्त कम्पनी विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको हो ।८७ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको कम्पनीको चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीका सूचना अधिकारी प्रकाशकुमार अधिकारीका अनुसार २०८० असार मसान्तसम्म कम्पनीले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ ।
प्रत्येक वर्ष सञ्चालन मुनाफामा बढोत्तरी हुँदै गएको कम्पनीको जगेडा कोषमा २१.८८ अर्ब रुपियाँ छ भने पूँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्थ ३६.५८ अर्बभन्दा बढी रहेको छ
हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब ३हजार ६०० जना कर्मचारीमार्फत् आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको कम्पनीको २२८ वटा शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २०४ वटा एटीएम बुथ रहेको छ । कम्पनीले देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको पनि जनाएको छ ।
कम्पनीले विगत आव २०७६/७७ देखि आफ्ना सेयरधनीहरुलाई नियमित रुपमा वोनस सेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको बताएको छ ।
नेपालको पहिलो बैंक, नेपाल बैंक, ८७ औं वर्षमा प्रवेश
विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड स्थापनाको ८६ वर्ष पूरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले सुरु गरेको यस बैंकको सुरुमा चुक्तापूँजी ८ लाख ४२ हजार रुपैयाँ र निक्षेप १७ लाख रुपैयाँ थियो भने लगानी १९ लाख रुपैयाँ थियो ।
26 minutes ago
32 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago