काठमाण्डौ । नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आइ–पे रेमिटका  कार्यकारी प्रमुख  इन्द्रप्रसाद शर्माबीच आइ–पे को अन्तर्राष्ट्रिय बिप्रेषण गर्ने तथा नेपाल बैंक लिमिटेडको स्वदेशी तथा विदेशी विप्रेषण भूक्तानी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस व्यवस्था अन्तरगत ग्राहकले नेपाल बैंकको शाखा संजालबाहेक आइ–पे को देशभर रहेको सात हजार ५ सय भुक्तानी केन्द्रमध्ये कुनैपनि केन्द्रवाट नगद रकम प्राप्त गर्न तथा नेपाल बैंकको रेमिटन्स खातामा निःशुल्क जम्मा गर्न सकिने छ ।

यसरी रेमिटान्स पठाउँदा बिप्रेषकले अत्यन्त कम शूल्कमा नेपाल बैंकवाट देशभर रकम पठाउन सक्नेछन् ।

हालसम्म नेपाल बैकको रेमिटान्स भुक्तानी केन्द्र यस सहमति पश्चात ८ हजारभन्दा माथि पुग्नेछ ।