काठमाण्डौ । टर्कीले नेपाल र भारतबाट आउने यात्रु यात्रुका लागि नयाँ निर्देशन जारी गरेको छ।

नयाँ निर्देशनअनुसार अब नेपाल र भारतबाट टर्की जाने यात्रुले यात्राको ७२ घन्टाअगाडिको आरटी–पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ। 

त्यसैले विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त कोभिड भ्याक्सिनको अन्तिम डोज अधिकतम १४ दिनअघि नै लगाएका नेपाल र भारतबाट यात्रुले टर्कीमा क्वारेन्टिनमा बस्नुपर्ने छैन। यदि कोभिडसँग सम्बन्धित आवश्यक कागजपत्र पेस गर्न नसके कम्तीमा ५ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ। पाँचौँ दिनमा आरटी–पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आयो भने क्वारेन्टिनमा बस्नुपर्नेछ। यदि टेस्ट रिपोर्ट पोजिटिभ आएमा सोही दिनबाट क्वारेन्टिनको बस्ने समय फेरि सुरु हुनेछ र कम्तीमा ७ दिन बस्नुपर्नेछ।

टर्की यात्राका लागि १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई भने आरटी–पीसीआर टेस्ट र खोप लगाएको प्रमाण पेस गर्नु नपर्ने निर्देशनमा उल्लेख छ।