काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको  छ । 

समझदारीपत्रमा नेपाल चेम्वरको तर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्बरको तर्फबाट खालिद जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् । 

दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुई देशको आर्थिक अभिबृद्धि हुने विश्वास गरिएको छ । दुई देशबीचको व्यापार अभिबृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास गरिएको छ । 

समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास समेत गरिएको छ ।