काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गरेको छ। 

सेयर संरचना परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो। यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व थियो।

सेयर संरचना परिमार्जन गर्न कम्पनीले ७३ लाख ८७ हजार १६९.९० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरेको छ। 

कम्पनीले २१ औँ वार्षिक साधारणसभाबाट पनि सेयर संरचना परिमार्जन गर्ने विशेष प्रस्ताव पारित गरी प्रबन्धपत्र र नियमावलीमा समेत आवश्यक संशोधन गरिसकेको थियो।