काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन १८ अर्ब ११ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ६ अर्ब ५ करोड आर्जन गरेको छ। गत वर्ष यस्तो आय ४ अर्ब २० करोड रुपैयाँमात्र थियो।
यो अवधिमा कम्पनीले ८ अर्ब ४४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ७ अर्ब ३० करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी १५.५५ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको नाफा २३७.२९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १३ करोड ४ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ४४ करोड १ लाख रुपैयाँ भएको छ।
कम्पनीको व्यवस्थापन खर्च बढेर ६ करोड ५ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ५ करोड ३२ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार २०.८४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा १ खर्ब २४ अर्ब करोड रुपैयाँ थियो। गत वर्ष १ अर्ब ७५ करोड रुपैयाँ रहेको रिजर्भको आकार भने ७२.५९ प्रतिशतले घटेर ४८ करोड ४ लाख रुपैयाँमा खुम्चिएको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या ११ लाख ८५ हजार ४७४ रहेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या १३ लाख ८६ हजार ५५ रहेको थियो।
चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १०.७३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३.६३ रुपैयाँ थियो। पीई अनुपात ६८.४४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ रहेको छ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago