– अर्जुन तिमिल्सिना
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स एक अब्बल जीवन बीमा कम्पनीका रुपमा रहेको छ। नेपाल लाइफ २०५८ साल जेठ २१ गते पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापना भएको हो। जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ खुद बीमाशुल्क आर्जन र खुद नाफामा अगाडि देखिन्छ।
आधाभूत पक्ष
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँबराबर रहेको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको बुक भ्यालु ११६.०९ रुपैयाँ र रिटर्न अन इक्विटी ६.२५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा भने कम्पनीको रिटर्न अन इक्विटी र बुक भ्यालु सामान्य बढेको छ। कम्पनीको १० वर्षको वार्षिक औसत लाभांश दर करिब ५५ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा नेपाल लाइफको सेयरभाउ १ वर्षदेखि नै न्युट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ। कम्पनीको प्रतिकित्ता सेयरभाउ ५२ साताको उच्च ८१४ रुपैयाँ र न्यून ५७४ रुपैयाँ रहेको छ। यसले कम्पनीको सेयरभाउमा खासै ठूलो उतारचढाव नभएको देखिन्छ।
यो कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ।
सुपर ट्रेन्डका आधारमा
नेपाल लाइफको सेयर डेली बेसमा सुपर ट्रेन्डका आधारमा अघिल्लो महिना नै बुलिस यात्रामा चलेको देखिन्छ। मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा माथि चलेको देखिन्छ। सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ। साप्ताहिक रुपमा पनि सुपर ट्रेन्डमार्फत हेर्दा बुलिस यात्रामा नै चल्दै गरेको देखिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
डेली बेसमा बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीलाई हेर्दा एकपटक अप्पर ब्यान्डमा छोएर हाल मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। गएका ४ कारोबारमा मध्य ब्यान्डमा टिक्नुले पुनः माथिको यात्रा तय गर्न सक्ने देखिन्छ। म्याक्डीमार्फत हेर्दा अघिल्लो साता बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम केही फिक्का बनेको देखिन्छ। आरएसआई मार्फत हेर्दा केही समयपहिले ओभर बट जोन ७७ बाट खसेर हाल ५७ को तहमा पुगेको छ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीको सेयरभाउ एकपटक करेक्सन आएर पुनः सम्हालिँदै गरेको देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ७५६
घटेमा सपोर्ट
निष्कर्ष
कुनै बेला ४ हजार रुपैयाँभन्दा माथि पुगेको नेपाल लाइफको सेयरभाउ अघिल्लो बुलमा पनि करिब २ हजार रुपैयाँ माथि लामो समय टिकेर कारोबार भएको थियो। तर, पुँजी बढ्दै जाँदा रिटर्न अन इक्विटी र खुद नाफामा गिरावट आएपछि नेपाल लाइफको सेयरभाउ हाल न्युट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी नै नकारात्मक रहेको यो कम्पनीको आधारभूत पक्षमा भने यो वर्ष सुधार आएको देखिन्छ।
प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत मन्थ्ली बेसमा हेर्दा यो कम्पनीको सेयरमा एक्युमुलेसन चल्दै गरेको देखिन्छ। आज ७६१ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयरभाउ यदि आगामी कारोबारमा ८०० रुपैयाँभन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा यो पुनः बुलिस यात्रामा चल्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago