काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स क्रम्पनी लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २८ गते डोकेको हो। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजदेखि सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको ३१ प्रतिशत बोनस सेयर र प्रतिसेयर २० रुपैयाँ नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले बोनस सेयर जारीपछि हुने सेयर संरचनाबमोजिम जारी पुँजी र चुक्तापुँजीलाई वृद्धि गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँ रहेकोमा सो सेयरमूल्यसम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यद्यपि यो प्रस्ताव सम्बन्धित निकायबाट स्वीकृति भएपछि मात्र लागू गरिने कम्पनीले जनाएको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।