काठमाण्डौ । मर्जर प्रक्रिया अनुमोदन गर्न नेपाल सेवा र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन वार्षिक साधारणसभा डोकेका छन्।

दुवै लघुवित्तले आउँदो जेठ २४ गते वार्षिक साधारणसभा डोकेका हुन्। नेपाल सेवाले आफ्नो छैटौँ वार्षिक साधारणसभा सिन्धुपाल्चोकको फटकशीला–८ का इन्द्रावती सामुदायिक सेवा केन्द्र र विन लघुवित्तको प्रथम, दोस्रो र तेस्रो वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित शाखा कार्यालयमा बिहान ११ बजेबाट हुनेछ। 

दुवै सभाले आपसमा गाभिने प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षहरुबाट प्रस्तुत गरिने प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ। सभाले मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट तयार पारिएको सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) पनि अनुमोदन गर्नेछ।

आपसमा गाभिएपछि गठन हुने सञ्चालक समितिमा दुवै संस्थाका तर्फबाट प्रतिनिधित्व सञ्चालकहरुको निर्णय गर्ने र सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्नेछ।