काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले एकैसाथ ३ सय ९६ कर्मचारी मागेको छ । 

यो बैंकले मुख्य कार्यालयदेखि प्रदेशस्तरका कार्यालयका लागि यति धेरै जनशक्ति मागेको हो । 

मुख्य कार्यालयका लागि सहायक प्रबन्धकतर्फ ७८ जना र सोही पदमा रहने गरी आइटीमा काम गर्ने जनशक्ति २ जना गरी कुल ८० जना कर्मचारी मागिएको छ । 

यस्तै, प्रदेशगत कार्यालयहरुमा काम गर्ने गरी निकै ठूलो संख्यामा चौथो तहका सहायक स्तरका कर्मचारी मागिएको छ । सबैभन्दा बढी प्रदेश ३ का लागि ५८ जना सहायक मागिएको छ । यस्तै, प्रदेश २ का लागि ५१ जना, प्रदेश ५ का लागि ४३ जना, प्रदेश १ का लागि ४१ जना, गण्डकी प्रदेशका लागि ३४ जना र कर्णाली तथा सुदुरपश्चिम प्रदेशका लागि २०/२० जना कर्मचारी मागिएको छ । 

यस्तै, प्रदेशगत कार्यालयमा काम गर्ने गरी केही संख्यामा कनिष्ठ सहायक समेत मागिएको छ । प्रदेश १ र २ का लागि ९/९ जना प्रदेश ३ का लागि १५ जना, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का लागि ५/५ जना तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका लागि ३/३ जना कर्मचारी मागिएको छ । 

स्नातकोत्तर उत्तीर्णले सहायक प्रबन्धकमा आवेदन दिन सक्नेछन् भने स्नातक उत्तीर्णयले सहायक र प्रमाणपत्र तह उत्तीर्णले कनिष्ठ सहायकमा आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

इच्छुकले आगामी मंसिर ६ गतेसम्म अनलाइनबाटै दरखास्त दिनसक्ने बैंकको सूचनामा उल्लेख छ । 

बैंकले प्रकाशन गरेको आवश्यकता सम्बन्धी सूचनाको सम्पूर्ण जानकारी यस्तो छः