काठमाण्डौ । नेपाल बैंक लिमीटेडले ८२ औं वार्षिकोत्सवको अवसरमा एकैदिन देशका विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ ।
यसरी स्थापित हुने शाखाहरु प्रदेश १ को विराटचोक (मोरङ), मंगलबारे (ईलाम )पाख्रीवास (धनकुटा ) प्रदेश २ को सर्लाही पर्सा , भवानीपुर (सर्लाही ) वर्दिवास (महोत्तरी ) प्रदेश ३ को दुधौली (सिन्धुली )प्रदेश ४ को आरुङखोला (नवलपरासी ) रहेका छन् ।
यी शाखा स्थापना पश्चात बैकको जिल्ला पहुंच ५९ पुगेको छ ।
भरखरै सम्पन्न आर्थिक वर्षमा ३ अर्व ३९.करोड मुनाफा आर्जन गरेको यस बैकले चालु आर्थिक वर्षको प्रथम त्रैमाशमा ९१ करोड ३८ करोड खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरि ८१ अर्ब कर्जा प्रवाह गरेको यस बैकले १५४ शाखा संजाल ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा पुर्याईरहेको छ ।
वि.संं १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड स्थापना भएको थियो ।
बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउंदो र प्रविधिमैत्री बनाई दुर्गम सुगम सबै क्षेत्रका नेपालीलाई आधुनिक बैकिङ सुविधा उपलव्ध गराउन शुभकामना दिएका छन् भने अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेड विगतको कमजोर अवस्थाबाट तुलनात्मक रुपमा माथि उठी आज सवल बैंकको रुपमा स्थापित हुन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरन्जीवि नेपालले दिगो र समावेशी आर्थिक वृद्धिका लागि वित्तिय क्षेत्रबाट अपेक्षित भूमिका निर्वाहमा विशेष ध्यान पुर्याउन.नेपाल बैंकलाई .शुभकामना दिएका छन् ।
बैंक संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बैंकको परिवर्तित सुदृढ अवस्था प्रति प्रशन्नता व्यक्त गर्दै आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व र वित्तिय साक्षरता सम्वन्धी कार्यक्रममा विशेष पहल गर्ने बताएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकले हालका वर्षहरुमा हासिल गरेका उपलव्धिहरु गर्व गर्न लायक रहेको बताउंदै बैकले प्राप्त गरेका उपलव्धिलाई दीगो बनाउन आगामी बैंक व्यवस्थापनको ध्यान स्मार्ट ब्राञ्चको प्रभावकारी कार्यान्वयन गरी ग्राहकलाई प्रफुल्ल बनाउने दिशामा केन्द्रित हुने बताएका छन् ।
यसैबीच, बैंकद्वारा वार्षिकोत्सवको उपलक्ष्यमा खुल्ला रक्तदान तथा निशुल्क आंखा परीक्षण कार्यक्रम आयोजना गरियो । कार्यक्रमका सहभागीलाई सीइओ शाहले प्रमाणपत्र वितरण गरेका थिए ।
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago