काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । यसको रिजल्ट समेत प्राप्त भएको छ ।  

सेयर निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेडको हात्तीसारस्थित मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड गरिएको हो ।

दश कित्ताको दरले कुल १५ हजार १२० आवेदकले सेयर पाएका छन् । 

यो कम्पनीको आइपीओ खरीदका लागि परेका आवेदनमध्ये ३ लाख १४ हजार ९२५ सदर भएका थिए । ७०५ आवेदन रद्ध भएका थिए । 

यो हिसाबले २ लाख ९९ हजार ८०५ आवेदकले सेयर पाएनन् । 

कम्पनीले आफ्ना कर्मचारीसहित सर्वसाधारण लगानीकर्ताका लागि १ लाख ५३ हजार ६८९ कित्ता आइपीओ निश्कासन गरेको थियो । कम्पनीका ६६ कर्मचारीले २ हजार ४८९ कित्ता सेयर पाएका छन् । 

यो कम्पनीले बैशाख ८ देखि ११ गतेसम्म आइपीओ निश्कासन गरेको थियो।

आइपीओको रिजल्ट यहाँबाट हेर्नुहोस्: