काठमाण्डौ । नेपाल प्रहरीले शुक्रबार एकैपटक प्रहरीजवान (जनपद) ३५९६ र कार्यालय सहयोगी २३५ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रयोगिताअन्तर्गत नेपाल प्रहरीले प्रहरीजवान र कार्यालय सहयोगमा नयाँ भर्ना खुलाएको हो । प्रहरीजवानतर्फ खुला १९३८ र बाँकी १६५८ आरक्षण तथा समावेशी कोटाका लागि छुट्याइएको छ ।

त्यस्तै प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे, हजाम, कुचिकार र खेलाडीका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल प्रहरीले भान्छे, हजाम, कुचिकार र खेलाडी क्रमशः ९७, ६, ११ र १३ जनाका लागि दरखास्त आह्वान गरेको छ । जसअन्तर्गत भान्छेमा खुलातर्फ ९७ र बाँकी ८३ जना आरक्षित र समावेशी कोटाका लागि छुट्याइएको छ । हजामतर्फ ६ खुला र बाँकी ४ समावेशीका लागि कोटा निर्धारण गरिएको छ । कुचिकारतर्फ ११ खुला र ९ समावेशी तथा खेलाडीतर्फ १३ खुला र १२ समावेशी कोटा निर्धारण गरिएको छ ।

खेलाडीतर्फ फुटबल (महिला/पुरुष), भलिबल (महिला/पुरुष), टेबुलटेनिस, कराँते, तेक्वान्दो (डब्लूटीएफ), जुडा, पुरुष क्रिकेट, भारोत्तोलन) विधातर्फका खेलाडीहरुले मात्र दरखास्त दर्ता गर्न पाउने छन् ।

प्रतिस्पर्धीले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म दरखास्त फाराम दर्ता गराउन सक्नेछन् । प्रहरी जवातर्फ उमेरको हद १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र बहालवालाको हकमा २५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै प्रहरी कार्यालय सहयोगीका हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी शैक्षिक योग्यताको हकमा प्रहरी जवानका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण र प्रहरी कार्यालय सहयोगका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।

निम्न स्थानमा दरखास्त फाराम पाउने र बुझाउन सकिनेछ :–

१. महानगरीय प्रहरी परिसर, काठमाण्डौ

२. महानगरीय प्रहरी परिसर, भक्तपुर

३. महानगरीय प्रहरी परिसर, ललितपुर

४. १ नं. प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

५. २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (हाल राजविराज सप्तरी)

६. ३. नं. प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुली

७. गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा

८. ५ नं. प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल

९. कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगन्ज)

१०. सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल

११. जिल्ला प्रहरी कार्यालय (सबै ७७ वटा)

१२. राष्«िय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज काठमाण्डौ