काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ शुक्रबार ६७ जना कर्मचारीका दरखास्त आह्वान गरेको छ ।

बैंकले खुला प्रतिस्पर्धाबाट प्रशासनतर्फ सहायक (सहायक द्वितीय), सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक निर्देशक (अधिकृत तृतीय–लेखा/लेखापरीक्षण) गरी तीन पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । सहायक (सहायक द्वितीय) ३१ जना, सहायक निर्देशक (अधिकृत तृतीय) २८ जना र सहायक निर्देशक (अधिकृत तृतीय–लेखा/लेखापरीक्षण) ८ जना कर्मचारी माग गरिएको छ ।

सहायकका लागि कम्तीमा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । यो पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै सहायक निर्देशन (लेखा/लेखापरीक्षण) का लागि सीए/एसीसीए/सीपीए परीक्षा उत्तीर्ण गरी नेपालको मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तरसरहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ । सहायक निर्देशकका लागि भने त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तरसरको परीक्षण उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यी दुवै पदका लागि उम्मेदवार उमेर हद २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ ।

उम्मेदवारले अनलाइन दरखास्त दिनुपर्नेछ । दरखास्त दिने अन्तिम मिति कात्तिक २८ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिनेछ । 

थप जानकारी तल हेर्नुहोस् –