काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ८३ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानवकल्याण समाज (सेवा घर) चाँगुनारायण भक्तपुरमा आश्रय लिइरहेका आमाबुवाहरुको स्वास्थ्य र सरसफाइका लागि रु. ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त राशिको चेक बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईंलाई एक समारोहका बीच हस्तान्तर गर्नुभयो । सोही अवसरमा प्रादेशिक कार्यालय प्रमुख पन्थीले मानव सेवा नै माधव (भगवान) सेवा भएको सन्दर्भमा मानव सेवा समाजलाई यस पुनित कार्यमा सघाउन पाएकोमा हार्दिक प्रशन्नता व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष चौलागाईंले सहयोग निम्ति बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त चेक हस्तान्तर समारोहमा नेपाल बैक लिमिटेडका मुख्य प्रवन्धक सुर्य प्रकाश भट्ट, वरिष्ठ प्रवन्धकद्वय उज्ज्वल पोख्रेल, राम गोपाल श्रेष्ठ, प्रवन्धक अनुप अर्याल, उपप्रवन्धक विनोद गिरी, सहायक प्रवन्धक जीवराज ढकाल, सहयोग समन्वयकर्ता हेमराज वराल, मानव कल्याण समाजका पदाधिकारीहरुकोे उपस्थिति थियो ।
30 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago