काठमाण्डौ । निजीकरणको योजनामा रहेको नेपाल बैंक लिमीटेड १ अर्ब ५४ करोड हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

तीव्र गतिमा सुधार भइरहेको यो बैंकले फागुन २० गते हाल कायम चुक्तापुँजीको  २३.७४ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको हो । 

यो हिसाबले नेपाल बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद निश्कासन गर्नेछ । हकप्रद निश्कासन तथा व्यवस्थापनमा सिभिल मार्केट क्यापिटेल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद निश्कासनपछि चुक्तापूँजी ८ अर्ब ५ करोडको उचाईमा पुुग्नेछ ।  

नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ८९ करोड खूद नाफा आर्जन गरेको छ ।