काठमाण्डौ । नेपाल बैंक लिमिटेडको आठराई शाखा हिजो आइतबार देखि सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले आइतबार एक विशेष समारोहका बीच डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी शाखाको समुद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात तेह्रथुम जिल्ला, आठराई गाउँपालिका वडा नं.१, संक्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७ औं शाखाको रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ्ग कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गरे । उनले बैंकसँग कारोबार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वान समेत गरे ।
शाखा उद्घाटन पश्चात संक्रान्ति बजारमा आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्ता मणी सिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरु उपलब्ध भएकोले बैंकिङ्ग कारोबार मार्फत आफ्नो व्यावसाय विस्तार गर्न र उद्यमी बन्न सर्बै वर्ग समुदायलाई विश्वस्त पारे ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आमनागरिकहरुमा बैङ्किग पहँुच पु¥याउने लक्ष्य अनुरुप देशका विभिन्न स्थानहरुमा विगतमा बन्द भएका शाखाहरुको पुनःस्थापना तथा नयाँ शाखा कार्यालयहरु स्थापना गर्दै बैंकिङ्ग कारोवार गर्दै सबैं नेपालीलाई बैंकिङ्ग पहुँच पु¥याउने अभियानमा बैंक रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कुष्ण बहादुर अधिकारीले व्यावसायिक सम्भाव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजनाहरु ल्याई सबैंसँग व्यावसायिक साझेदारीको रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको माग अनुरुपका नयाँनयाँ कार्यक्रमहरुका साथ अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा सहित बैंकले आफ्ना सबैं सेवाग्राहीहरुलाई सन्तुष्टि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बि.सं.१९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७७ वटा शाखाहरु, २६ बटा एक्स्टेन्सन काउण्टर तथा ११९ बटा एटिएम मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र आगामी आ.ब. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाईरहेको जनाएको छ ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago