काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले खुद नाफा ११.०८ प्रतिशतले घटेको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिसम्म ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७२ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
यो त्रैमाससम्म बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भ ६.४९ प्रतिशतले बढेको छ। गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ रहेको रिभर्जमा बढेर १४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा घटेको छ। गत वर्ष २.७१ प्रतिशत रहेको निष्क्रिय कर्जाको दर घटेर २.६४ प्रतिशतमा झरेको छ।
बैंकको आधार दरमा भने बढेको छ। गत वर्ष ६.९२ प्रतिशत रहेको आधार दर बढेर समीक्षा अवधिमा ७.४९ प्रतिशत पुगेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.१३ रुपैयाँ रहेको छ भने पीई रेसियो ९.२५ गुणा रहेको छ।
18 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago