काठमाण्डौ। सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको विशेष साधारणसभा आज बुधबार सम्पन्न भएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा भर्चुअल माध्यमबाट विशेष साधारण सभा सम्पन्न भएको हो। सभाबाट सिटी एक्सप्रेसलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पारित गरिएको छ। अब सिटी एक्सप्रेसका सेयरधनीहरुले १०० कित्ताबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउनेछन्।
सिटी एक्सप्रेसलाई प्राप्ति गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १४.३७ अर्ब पुगेको छ। सिटी एक्सप्रेसको मात्र चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ। अब बैंकको प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ।
12 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
15 hours ago