काठमाण्डौ । नेपाल बैंक लिमीटेडको सेयर सस्तोमै पाउने अवसर आउँदैछ । यो बैंकले बिक्री नभएका १ लाख ८९ हजार ६ सय २९ कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो ।

यो बैंकले बैशाख ७ देखि जेठ १० गतेसम्म १०० बराबर २३.७४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । तर, त्यसमध्ये १ लाख ८९ हजार ६ सय २९ कित्ता साधारण सेयर बिक्री भएको थिएन । त्यही सेयर आगामी असार १३ गतेदेखि लिलामीबाट बिक्री गर्र्न लागेको हो।

बोलकबोलमा सहभागी हुन चाहनेले न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ र न्यूनतम १ सय कित्ताको प्रस्ताव पेश गर्नुपर्नेछ ।

लिलामीको प्रक्रियामा असार १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । असार २० गते लिलामीको नतिजा प्रकाशन हुने बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमीटेडले जनाएको छ ।

काठमाण्डौको सिटीसी मलमा अवस्थित सिभिल क्यापिटलको मुख्य कार्यालयबाट बोलकबोलमा सहभागी हुन चाहनेले प्रस्ताव पेश गनुपर्नेछ ।

यो बैंकले तेश्रो त्रैमाससम्म २ अर्ब ५१ करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सबै हकप्रद सेयरको पुँजीकरणपछि चुक्तापुँजी ८ अर्ब ४ करोडको उचाईमा पुग्नेछ । यो बैंकको प्रति कित्ता सेयरको अन्तिम कारोबार मूल्य ३ सय ४० रुपैयाँ रहेको छ ।