काठमाण्डौ। नेपाल बैंक लिमिटेडले भोलि पुस १ गते लागू हुने गरी विभिन्न कर्जाको ब्याजदर सार्वजनिक गरेको छ।

धितोपत्र कारोबार बढ्दै गरेको अवस्थामा बैंकले सेयर धितो कर्जा सहज रुपमा प्रवाह गर्न न्यूनतम ८.८६ प्रतिशतदेखि अधिकतम ११.८३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। जसमा बैंकको आधार दर ६.८१ जोडिएको छ। यसको अर्थ बैंकले आधारदरमा जोडेर न्यूनतम २.०५ देखि अधिकतम ५.०२ प्रतिशत प्रिमियम जोडेर सेयर धितो कर्जा प्रवाह गर्ने भएको छ।

यसैगरी बैंकले घर तथा गाडी कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ। जसअनुसार बैंकले घर कर्जा ५ वर्ष १५ वर्षसम्म प्रवाह गर्नेछ। यसका लागि बैंकले आधारदरमा १.५५ देखि ३.६६ प्रतिशत प्रिमियर दर जोडर कर्जा प्रवाह गर्नेछ। 

बैंकले व्यावसायिक र नेपालक्ष्मी घर कर्जा १.५५ देखि २.१६ प्रतिशत प्रिमियम दरमा कर्जा उपलब्ध गराउने भएको छ। 

सुलभ आवास कर्जा भने बैंकले ५ वर्षदेखि २० वर्षसम्म १ प्रतिशतदेखि २ प्रतिशतसम्म प्रिमियमदर उपलब्ध गराउनेछ। जसमा आधारदर पनि जोडिनेछ। 

बैंकले विद्युतीय सवारीसाधनमा २.०१ देखि ४.१६ प्रतिशतसम्मको प्रिमियमदर जोडर कर्जा गरिने जनाएको छ। त्यस्तै निजी सवारीसाधनमा ५ वर्षदेखि ७ वर्षसम्मका लागि २.५५ देखि ४.१६ सम्म प्रिमियरदरमा कर्जा उपलब्ध गराउनेछ। सवारी कर्जाअन्तर्गत निजी सवारीसाधन (व्यवसाय प्रयोजनका लागि) मा २.५५ देखि ४.१६ प्रतिशत, व्यावसायिक सवारीसाधनमा ३.५५ देखि ४.१६ प्रतिशतसम्म र नेपालक्ष्मी सवारी कर्जा पनि १.५५ देखि २.१६ प्रतिशतसम्म प्रिमियरदरमा उपलब्ध हुनेछ।