काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५०० रुपैयाँ कुल १८.५० प्रतिशतले हुन आउने २ अर्ब ६३ करोड ६० लाख ५६ हजार ५८३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ८५ करोड २३ लाख ६४ हजार ८५ रुपैयाँबराबरको बोनस सेयर र ५.५० प्रतिशतले हुन आउने ७८ करोड ३६ लाख ९२ हजार ४९८ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।