काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ८ गते बिहीबार डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गरी अधिकृत पुँजी वृद्धि गरी १८ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले मर्जर तथा प्राप्तिका लागि उपयुक्त अन्य बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न गराउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस २२ गतेदेखि साधारणसभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम सेयरधनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।