काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि बुधबार नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १३ प्रतिशत बोनस सेयरका लागि इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता सेयर ५४० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।

बैंकले गत आर्थिक वर्षका लागि कुल १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको आउँदो माघ ८ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले आज पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।