काठमाण्डौ । अब कुनै पनि नेपाली कम्पनी वा उद्योगले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण लगानी गर्दा आफ्नो नियामक निकाय तथा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृतिपत्र सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम सरकारले यस्तो प्रावधान ल्याएको हो। यसका लागि ऋण लिने कम्पनी वा उद्योग र ऋण दिने विदेशी लगानीकर्ताबीच सम्झौता भएको हुनुपर्नेछ। यसरी विदेशबाट ल्याइने ऋण बैंकिङ प्रणालीबाट प्राप्त हुने प्रतिबद्धतापत्र र विदेशबाटै ऋण लिनुपर्ने आवश्यकता पुष्टि हुने कागजाप पनि कम्पनीले पेस गर्नुपर्नेछ।
कम्पनीले विदेशबाट ऋण लगानी भित्र्याउनेसम्बन्धी निर्णयको प्रतिलिपिका साथै व्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता गरेको अद्यावधिक विवरण र प्रबन्ध तथा नियमवाली भए सोसम्बन्धी कागजपत्र पनि पेस गर्नुपर्नेछ।
ऋण लिने कम्पनी वा उद्योग कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाणित हुने तथा ऋण चुक्ता गर्ने आधार खुल्ने कागजात पेस गर्नुपर्नेछ।
यसैगरी त्यस्ता कम्पनीले ऋणबापतको रकम सम्बन्धित कम्पनी वा उद्योगको तोकिएको क्षेत्रमा नै उपयोग गर्नुपर्ने हुन्छ। ऋण प्राप्त भएको ३५ दिनभित्र सोको विवरणसहित नेपाल राष्ट्र बैंकमा अनिवार्य रुपमा लेखांकन गराउनुपर्नेछ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
5 minutes ago
15 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
14 hours ago
14 hours ago
14 hours ago