काठमाण्डौ । नेपाल पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५.६९ रुपैयाँको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँबराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २७० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।