काठमाण्डौ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ०.१४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेको थियो। 

बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफा २ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

दोस्रो त्रैमासमा बैंकको रिजर्भको आकार १२.५४ प्रतिशतले बढेर १५ अर्ब ५९ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

बैंकले खराब कर्जाको दर पनि २.६६ प्रतिशतबाट बढेर २.८८ प्रतिशत पुगेको छ। बैंकको आधार दर ६.१९ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.३७ रुपैयाँ, पीई रेसियो १७.१२ गुणा र प्रतिसेयर नेटवर्थ २५३.१८ रुपैयाँ रहेको छ।