काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४५.५२ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ६८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ४ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सञ्चालन मुनाफा ४१ लाख ९३ हजार रुपैयाँ रहेको थियो।
संस्थाले खुद ब्याज आम्दानी भने ७६.५२ प्रतिशतले बढाएर ५ करोड ११ लाख रुपैयाँ गरेको छ। गत वर्ष यस्तो आम्दानी २ करोड ८९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा संस्थाले ६५ करोड २ लाख रुपैयाँ सापटी लिई ९३ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ५९ करोड ७३ लाख रुपैयाँ सापटी लिई ७१ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाले रिजर्भको आकार २०४.२१ प्रतिशतले बढाउँदै ४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
सेयर क्यापिटल ५ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५४.८१ रुपैयाँ रहेको छ। पीई रेसियो ६.५६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ।
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago