काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्यायने कम्पनीले जनाएको छ। 

बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।