काठमाण्डौ । नेपाल पहिलो जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा निमित्त सीईओको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्।

कम्पनी सञ्चालक समितिले निमित्त सीईओको जिम्मेवार पोखरेललाई दिने निर्णय गरेको हो। कम्पनीमा पोखरेल नायब सीईओका रुपमा कार्यरत थिए।

सीईओ विजयबहादुर शाहको करार सेवा अवधि गत साउन ८ गते सकिएको थियो। जसका कारण सीईओ पद रिक्त रहेको छ। 

सीईओमा नयाँ नियुक्ति नभइन्जेलसम्मका लागि पोखरेललाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनी सचिव चन्द्रनाथ उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।