काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्समा पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति गठन भएको छ।

नेपाल चम्बरका कार्य समिति सदस्य अजुृन अर्जुन शर्माको सभापतित्वमा पर्यटन प्रवर्द्धन समिति गठन भएको हो। समितिको सदस्यमा दीपकराज जोशी, हिक्मत सिंह ऐन, विनय बस्नेत, युवराज श्रेष्ठ, खुबहादुर सुवेदी, जनकराज कालाखेती, विक्रम पाण्ड, हरिप्रसाद धरेल र देवचन्द्रलाल कर्ण मनोनित भएका छन्। सबै सदस्यलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरेका छन्।

उतm अवसरमा अध्यक्ष मल्लले कोभिड महामारीले नेपालको पर्यटन क्षेत्र बढी प्रभावित भएकोले यस क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रसँग आबद्ध सबै निकाय लाग्नुपर्ने बताए। उनले यो समितिमा नेपालको पर्यटन प्रवर्द्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेकाहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवर्द्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखे।