काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८७ औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा विस्तार गरेको छ।

नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए। सिन्धुलीमाडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्ण रुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट ग्राहकलाई सेवा पुर्याइरहेको छ। पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५  र  २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।