काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले ३० औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।

कम्पनी सञ्चालक समितिको गत भदौ २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट कम्पनीको ललितपुरको झम्सिखेलीस्थित कार्यालयबाट बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकलगायत महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ४ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।