काठमाण्डौ । नेपाल बंगलादेश बैंकले मकवानपुर  जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको  हाताभित्र आफ्नो १० औँ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष श्री लक्ष्मणप्रसाद भण्डारीले गरेका छन्। हेटौंडा उपमहानगरपालिकामा खोलिएको यस विस्तारित सेवाले हेटौँडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।

यस विस्तारित सेवाबाट त्यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बंंैकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने,  शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ।

“सबैका लागि बैंक” भन्ने मूल नारासहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।