काठमाण्डौ । हिमालयन बैंकसँग मर्जरमा जाने तयारी गरिरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको कुल १६ प्रतिशतले हुन आउने २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँबराबरको बोनस सेयर र ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंक सञ्चालक समितिले निर्णय गरेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले कुल १८.५ प्रतिशतले लाभांश वितरण गरेको थियो। जसमा १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश रहेका थिए।