काठमाण्डौ । नेपाल बंगलादेश बैंकले संसोधित ब्याजदर प्रकाशित गरेको छ । 

बैंकले आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो । 

यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.३६ प्रतिशत ब्याजदर सार्वजनिक गरेको हो । हिमालयन बैंकले पनि ९.३६ प्रतिशत ब्याजदर सार्वजनिक गरेको थियो । 

बंगलादेश बैंकमा ३ महिनादेखि ६ महिना अवधिसम्मको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.११ प्रतिशत मात्र पाइनेछ । ६ महिनाभन्दा माथि अवधिको मुद्दति निक्षेपको ब्याजदर भने ९.३६ प्रतिशत पाइनेछ । 

यस्तै, ३ महिनादेखि ६ महिना अवधिको संस्थागत मुद्दतिको ब्याजदर ८.११ प्रतिशत, यही अवधिको नवीकरणका लागि ८.२१ प्रतिशत, ६ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत तथा नवीकरणको ९.३६ प्रतिशत कायम गरिएको छ । 

यो बैंकले बचत खातामा ४.८६ प्रतिशत ब्याजदर तोकेको छ ।