काठमाण्डौ । अमेरिकाले पठाएको १ लाख ६२० डोज फाइजर खोप सोमबार बिहान नेपाल आइपुगेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो। यो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगीलाई लगाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

तिहार र छठ पर्व सकिएपछि खोप अभियान सुरु हुने महाशाखाले जनाएको छ।