काठमाण्डौ । नेपाल टेलिकम ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल टेलिकमले ३ तहदेखि ९ तहसम्म कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। टेलिकम प्राविधिक, प्रशासन र लेखा शाखामा कुल २७० कर्मचारी भर्ना गर्न लागेको हो। 

दरखास्त भर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। 

दरखास्त अनलाइनबाट दिनुपर्नेछ। उम्मेदवारले लिखित परीक्षा र अन्तर्वार्ता दिनुपर्नेछ । प्राविधिक सेवातर्फ भने प्रयोगात्मक पनि हुनेछ।