काठमाण्डौ । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। 

नेपाल प्रहरीले जनपदतर्फ प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुमा नयाँ भर्ना खुलेको हो। यी पदमा कुल २ हजार ३२० जनाका लागि दरखास्त आह्वान गरिएको छ। 

नेपाल प्रहरीले प्रहरी निरीक्षक पदमा १४६ जनाका लागि नयाँ भर्ना खोलेको छ। प्रहरी जवान पदमा भने १ हजार ९७१ जनाका लागि दरखास्त आह्वान गरिएको छ। 

प्रहरी कार्यालय सहायक पदअन्तर्गत भान्छे पदमा १६३ जना तथा हजाम, सिलाइ÷बुनाइ, कुचिकार र धोबी पदमा १०–१० जनाका लागि आवेदन खुला गरिएको छ। 

दरखास्त फाराम दर्ता मंसिर १९ गतेदेखि मंसिर २३ गतेसम्म गर्न सकिनेछ। 

थप जानकारीका लागि नेपाल प्रहरीको वेबसाइट https://nepalpolice.gov.np/ मा हेर्न सकिन्छ।