काठमाण्डौ। नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ। 

नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा मञ्जुश्री फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आईटी हेड सुनिल शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्सले मञ्जुश्री फाइनान्ससँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब मञ्जुश्री फाइनान्ससँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ। 

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रिगेटर हो। जसले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ ।

समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो। जसले ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।